खजुरा मैटहवामा २० वेड थप गरियो

खजुरा,

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ मैटहवामा स्थापना गरिएको क्वारेन्टाइनमा २० वेड थप गरिएको छ ।

क्वारेन्टाइनमा वस्नेको संख्या वढे पछि आज वेड थपिएको हो । यो संगै मैटहवा माविको क्वारेन्टाइमा वेडको संख्या ४३ पुगेको छ । हाल त्यहा ३२ जना वस्दै आएको खजुरा गाउँपालिकाका राजनितिक सल्लाहकार भिव वलिले जानकारी दिए ।

आइतवार मात्रै १ जना कतार, १ जना दुवै र ९ जना भारतवाट आएका गरि ११ जना थपिएका हुन । उक्त क्वारेन्टाइनमा ५० वेड पु¥याउने लक्ष्य रहेको पनि राजनितिक सल्लाहकार वलिले जानकारी दिए ।

क्वारेन्टाइनमा वस्नेहरुकालागि गाउँपालिकाले खाने वस्ने सहित इन्टरनेट र सुरक्षाको उचित व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

खजुरामा हाल २ वटा क्वारेन्टाइ स्थापना गरि गाउँपालिकाले भारत सगंै विदेशवाट आएकाहरुलाइ निश्चित समय सम्म क्वारेन्टाइनमा राख्ने गरेको छ ।

खजुरा गाउँपालिकाले दुइ स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुरामा १५ जना र मैटहवा माविमा ३२ जना गरि ४७ जना पुगेका छन् ।

प्रतिक्रिया