खजुरा :

बाँकेको खजुरामा स्थापना गरिएको क्वारेन्टाइन स्थलमा सुरक्षाको अभाव भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ मा भारत तथा अन्य विदेश बाट आएकाहरुलाई राख्नका लागी स्थापना गरिएको क्वारेन्टाइनमा सुरक्षा अभाव भएको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरेका छन ।
सुरक्षाकर्मि आएर सुरक्षा नदिएपछि व्यवस्थापन गर्न गा¥यो भएको वडाध्यक्ष तिलकविर सुनारले बताए ।
राज्यले क्वारेन्टाइन स्थलमा तिन तहको सुरक्षा उपलव्ध गराउने भनेपनि खजुरामा नेपाल प्रहरी एकछिन आउने र गैहाल्ने गरेकाले सुरक्षाको अनुभुति सरकारले नगरेको गुनासो आएको हो । खजुराको मैटहवा माविमा स्थापना गरिएको क्वारेन्टाइनमा पनि सुरक्षाकर्मिको आवश्यकता भन्दा कम रहेका छन ।
मैटहवामा खटिएका खजुरा गाउँपालिकाका राजनितिक सल्लाहकार भिम वलीले क्वारेन्टाइनमा बेडहरु थप भैरहेकाले सुरक्षा चुनौति थपिएको बताएका छन ।
सुरक्षाकर्मि उपलव्ध गराइदिन पटक पटक जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपि विर बहादुर ओली सामु माग गरेको तर पनि हाल सम्म सुनुवाई नभएको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
उचित सुरक्षा व्यवस्था क्वारेन्टाइन स्थल वरपर बसोबास गर्नेहरु त्रसित भएका छन । सुरक्षाको प्रवन्ध मिलाइदिन सुरक्षा निकाय सगं नितरन्तर प्रयास गरिरहेको पालिका प्रमुख कक्षपतिले बताए ।
सुरक्षाको विषयमा आफु सम्बेदनसिल रहेको र तत्काल सुरक्षा उपलव्धता गराउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख विर बहादुर वलिले बताए ।









