नेपालगन्जको टोल-टोलमै आउँछ हरियो तरकारी

नेपालगन्ज :

नेपालगन्जको टोल-टोलमै आउँछ हरियो तरकारी

कोरोनाको हुनसक्ने संक्रमणलाई ध्यान राख्दै बिश्वका कयौं देश संगै नेपालले पनि लकडाउन गरेको छ ।

सरकारले गरेको लकडाउनको पहिलो दोस्रो र तेस्रो दिन नेपालगन्जका टोल , चोक तथा सडगहरु बेलुकीपख निकै भिड देखिए पनि हाल भने प्रहरी प्रशासनले कडाइ गरे संगै त्यसमा कमि देखिएको छ ।

त्यो संगै अत्यावश्यक सामाग्री जस्तै तरकारी , औसधि , खाद्यान्न जस्ता सामाग्रीको लागि मानिसहरू घरबाट बाहिर निस्कनै पर्ने अवस्थालाई मध्यनजर गर्दै पुस्तक देखि औसधि सम्म घरमै डेलिभरी गर्ने संस्था तथा पसलहरु सकृय भएका छन् ।

आफ्नो ब्यापार पनि नरोकिने र जनतालाई चाहिने अत्यावश्यक सामाग्रीको पनि अभाव नहुने भने अर्को तिर लकडाउनको पनि पालना गर्न जनतालाई सहज हुने भएकाले जताततै त्यसको प्रसंशा भैरहेको छ ।

त्यस्तै रानितलाउ नजिकको सब्जी मण्डिमा पसल गर्ने सिरताज राईले पनि त्यस्तै जुक्ति लगाएका छन् । इलेक्ट्रीक रिक्सा भरी हरियो तरकारी राखेर नेपालगन्जका हरेक वडा र टोलहरुमा पुग्ने गरेका छन् । जसले गर्दा तरकारीकै लागि घर देखि बाहिर निस्किनेहरुको लागि सहजता भएको छ भने उनको आफ्नो ब्यवसाय पनि चलिरहेको छ र महत्त्वपूर्ण कुरा लकडाउनको समयमा लकडाउनको उलंघन गर्न सक्ने समुदायलाई उनले घर सम्मै तरकारी पुर्‍याएर सहजता संगै लकडाउनलाई समर्थ हुन सक्ने काम पनि गरेका छन् ।

प्रतिक्रिया