नेपालगन्ज :

बिश्व समुदाय कोरोनाको कारण त्रसित संगै लकडाउनको अवस्थामा गुज्रिरहेको छ ।
लकडाउनकै कारण कसैलाई भोको बस्न नपर्ने उद्घोष र त्यसका लागि लागिपरेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका युवा नेता किशोर थापाले लकडाउनका कारण अस्पतालमा रगतको अभाव भएपछि युवा नेताहरु संगको सहकार्यमा २४ सै २४ घन्टा रगत उपलब्ध गराउन सुरु गरेको जानकारी दिनुभएको छ ।
अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा संजाल बाँकेले २४ घन्टा रगत उपलब्ध गराउन सुरु गरेको हो ।
रगतको अभावमा रहेका ब्यक्तिहरुलाइ रगत उपलब्ध गराउन संजालले सम्पर्क ब्यक्ति समेत तोकेको थापाले नागरिक समाजलाई बताउनुभयो ।
रगतको अभाव भएका बिरामीका आफन्तले सम्पर्क गरेमा तत्काल रक्त संचार केन्द्रमा पुगेर रगत उपलब्ध गराउने ब्यवस्था मिलाइएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिनुभयो ।
सम्पर्क ब्यक्तिहरुमा नेकपा बाँकेका नेता रत्न खत्री ९८५८०२०८०८, डिल्ली बराल ९८५८०३४०००, किशोर थापा ९८५८०२१५१७, समाजबादी पार्टीका, बिजय यादव ९८५११ ४८१२२ ,नेपाली कांग्रेसका प्रशान्त बिष्ट ९८५८० २००६७ , हिरालाल लोनिया ९८५८०२१ ०८७ रहनुभएको छ ।











