कोरोना भाइरस (कोभिड १९) को सन्त्रास नेपाल मात्रै नभएर बिश्व नै त्यसको चपेटामा परेको छ ।

नेपालमा लकडाउनको आज आठौं दिन नेपालगन्ज र आसपासका सबै स्थानहरू सुनसान छन् ।

लकडाउनले नेपालगन्जमात्रै होईन , बाकेका स्थानिय निकाय खजुरा , जानकी समेत सुनसान छन् । खजुराका गाउँहरु समेत सुनसान छन् ।

सरकारले लकडाउनमा ननिस्कन गरेको अनुरोध प्राय मानिरहेको अवस्था छ । केही अत्यावश्यक कामकाजमा बाहेक गाउँहरु सुनसान छन् । चहलपहल शन्यू बराबर रहेको छ । लकडाउनको पालना गरेको दृश्य देख्न सकिन्छ ।

















