नागरिक समाजको समाचार प्रभाव :खजुरा ३ का अति विपन्न १० परिवारलाई खाद्यान्न सहयोग

खजुरा :

नागरिक समाजको समाचार प्रभाव 
 खजुरा ३ का अति विपन्न १० परिवारलाई खाद्यान्न सहयोग

नागरिक समाज डटकमले हिजो मंगलबार खजुरा गाउँपालिका वडा नम्बर ३ का अति विपन्न मजदुरी गरेर खाने परिवारका महिलाहरुलाई दैनिक खान पनि मुस्किल परेको समाचार प्रकाशित गरेपछि उनिहरुलाई केहि दिन पुग्ने गरि खाद्यान्न सहयोग गरिएको छ ।

नेपालगन्ज निवासी हाल अमेरिकामा रहनुभएका पुजा श्रेष्ठ, पुराना खजुरा विगाउँ निवासी किरण शाह, नेपालगन्ज निवासी हाल चिन बाट ऋचा श्रेष्ठले सयुक्त रुपमा १० जना महिला दिदिबहिनीहरुको परिवारको लागी २५ हजार बराबरको खाद्यान्न सहयोग पठाएका हुन ।

सहयोग खाद्यान्न आज खजुरा एक नम्बर बजारमा बोलाइ वितरण गरिएको खजुराका युवा नेता सतिश निरौलाले जानकारी दिए । सहयोग गरिएको १० जना महिलाहरुलाई प्रतिव्यक्ति जिरा मसिनो चामल २५ किलो, अरहरको दाल ५ किलो, २ लिटर धारा तोरीको तेल र नुन १ किलोग्राम वितरण गरिएको थियो ।

सहयोग वितरण खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनार, आर्दश माध्यमिक विद्यालय खजुराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र रानाभाट, स्थानिय समाजसेवी निरज भट्ट, नागरिक समाज डटकमका सह– सम्पादक खगेन्द्र दाहाल लगाएतको उपस्थिती रहेको थियो ।

अति विपन्न महिलाहरुलाई खाद्यान्न वितरण गर्दे युवा नेता सतिश निरौलाले पत्रकारहरुले यो लकडाउनको बेला प्रभावकारी रुपमा सञ्चार गरेको भन्दै प्रशन्सा व्यक्त गरे ।

नागरिक समाजको समाचार प्रभाव 
 खजुरा ३ का अति विपन्न १० परिवारलाई खाद्यान्न सहयोग
नागरिक समाजको समाचार प्रभाव 
 खजुरा ३ का अति विपन्न १० परिवारलाई खाद्यान्न सहयोग

प्रतिक्रिया