समार्थ इन होटल सेनिटाइज, बुधबारबाट होटलले आफ्नो सेवा सुरु गर्‍यो

नेपालगन्ज :

समार्थ इन होटल सेनिटाइजसँगै आजबाट होटलले आफ्नो सेवा प्रदान गर्ने

नेपालगन्जमा विषेश परिस्थितिमा क्वरेन्टाइनको सुविधा दिदै आएको सुर्खेत रोडमा रहेको समार्थ इन होटलमा रहेको सबै कोरोना आशंकितहरुको कोरोना नेगेटिभ आएपछि होटलमा सेनिटाइजसँगै बुधबारबाट विगतमा झै होटल सुविधा दिने भएको छ ।

होटल संचालक नेपालगन्ज जेसिजका पुर्ब अध्यक्ष विशाल विक्रम बर्माका अनुसार अप्ठारो परेको अवस्थामा महेन्द्र बहुमुखी क्याम्पस क्वरेन्टाइनमा रहेका व्यक्तिहरुलाई होटलमा ल्याएर राखिएको भएता पनि अबका दिनमा होटलको दिदै आएको सुविधालाई निरन्तरताका लागि सेनेटाइज गरेको बताउनुभयो ।

नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगर,नेपालगंज उपमहानगरपालिका वडा नं.२का वडा अध्यक्ष सुनिल सिंह हमाल ,वडा सदस्य राम कुमार वैश्य,नेपालगंज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठ,लगायको उपस्थितिमा सेनेटाइज गरीएको सामर्थ इन होटलका प्रमुख सरोज कुमार चन्द नेपालगन्ज जेसिजका सदस्यले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो,‘अबका दिनमा होटल पुर्णतय पहिलाको जस्तो भएको हुदाँ अव होटलमा पाहुनाहरु राख्नका लागि तयार भएको छ ,’। प्रमुख चन्दले होटलको मार्फतबाट समाजिक सेवा गर्न पाएको आफु लगायत आफुहरुको टिम निकै खुशी भएको बताउनु भयो।

समार्थ इन होटल सेनिटाइजसँगै आजबाट होटलले आफ्नो सेवा प्रदान गर्ने
समार्थ इन होटल सेनिटाइजसँगै आजबाट होटलले आफ्नो सेवा प्रदान गर्ने

प्रतिक्रिया