के-पी-घिमिरे

बाँके जिल्लामा सञ्चालनमा रहेका दर्जनौं एम्बुलेन्सका चालकहरु अहिले विश्वभर फैलिएको महामारी रोग कोरोना भाइरस (कोभिड १९ ) का बिरामीहरु तथा अन्य बिरामीहरुलाई सामान्य कपडाको माक्स लगाएर ओसारपसार गर्न बाध्य भएको संयुक्त एम्बुलेन्स चालक संघले बताएको छ ।
अहिले कोरोना COVID-19 बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध सचेतना र उपचारको तयारीमा सरकार तथा स्थानीय सरकार लागिरहेको छ यो संकटको घडिमा हामी एम्बुलेन्स चालकहरुलाई सरोकारवालाहरूले व्यक्तिगत स्वास्थ्य सुरक्षा अौजार अर्थात पिपिई नदिएको उनीहरूले गुनासो गरेका छन् ।
बिरामीहरुलाई ओसारपसार गर्न रातदिन नभनी अाफुहरु सधै चिन्तित रहनुका साथै त्यसका लागि कुनै पनि निकायहरुले अहिलेसम्म हामीहरुको स्वास्थ्यको बारेमा चासो नदिएको कौशिल्या मेमोरियल अस्पतालका एम्बुलेन्स चालक बिमल बि-क- ले बताए ।
जसरी अस्पतालमा कार्यरत चिकित्सक र प्राविधिक कर्मचारीहरुलाई जति जोखिम छ हामी एम्बुलेन्स चालकहरुलाई पनि त्यतिकै खतरा छ यदि बिरामी संक्रमित रहेछ भने पहिले त हामीलाई रोग सर्छ हाम्रा पनि बालबालिका छन् हामीलाई पनि आफ्नो ज्यानको माया लाग्छ खै हाम्रो बारेमा कसैले सोचेको ? संयुक्त एम्बुलेन्स चालक संघ बाँकेका अध्यक्ष मनोज बोगटीले दुखेसो पोखे ।
त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्रका एम्बुलेन्स चालक अजय कोरी, नेपाल हेल्प लाईन फाउन्डेसनका चालक सागर चौधरीले बिभिन्न संघसंस्थाहरुले माक्स लगायतका पिपिई बाडेको सुनिन्छ तर हामी एम्बुलेन्स चालकहरुलाई कसैले अहिलेसम्म पनि नसोधेको उनीहरूले गुनासो गरे ।
आफुहरुले जस्तोसुकै संकटको घडिमा सबैको साथ र हातेमालोमा एम्बुलेन्स चालकहरु रातदिन खटिने गरेको तर हाम्रा लागि नत हाम्रै संस्थाले पिपिई उपलब्ध गराएका छन् नत अरु कुनै संघसंस्थाले गराएका छन् अर्का लता केयर प्रा- लि- का नारायण डाँगीले नागरिक समाजसंग गुनासा पोखे । उनहरुले अाफना सुरक्षाका लागि पहल गरिदिन समेत अनुरोध गरेका छन् ।











