काठमाडौं :

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ ।
ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ । कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् ।
यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए । कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।










