महामारीमा जुट्दै नेकपा वडा कमिटी, कोरोनाको सचेतना अभियान संगै संगै राहत बाड्दै

नेपालगन्ज :

महामारीमा नेकपा वडा कमिटी, कोरोनाको सचेतना अभियान संगै संगै राहत बाड्दै

नेकपा राप्तिसोनरी गाउँ पालिका वडा नम्बर ३ कमिटिले बुधबार वडा अन्तरगतका प्रत्यक घरमा हात धुने साबुन र एक पोका नुन वितरण गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोर्प्ना भाइरस (कोभिड १९) सम्बन्धीत सचेतना अभियान संगै राहत स्वरुप प्रत्यक घरधुरीमा साबुन र नुन वितरण गरेको हो ।

वडा कमिटी अध्यक्ष मीन कुमार थारुको नेतृत्वमा संचालन गरिएको सचेतना अभियानमा नेकपा प्रदेश पाँचका सदस्य पट्टु थारुले कोरोना भाइरसबाट सुरक्षित रहन ब्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्थानियलाई आग्रह समेत गर्नुभएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनको पुर्णतया पालना गर्न समेत अनुरोध गर्नुभएको थियो ।

सचेतना अभियान एवं राहत वितरण कार्यक्रममा नेकपा राप्तिसोनरी गाउँ पालिका ३ नम्बर वडा कमिटिका सचिव अंकित श्रेष्ठ सदस्य शिव बहादुर मल्ल , हेम कुमार थारु , बजारी थारु , वीर बहादुर थारु , खिमा देवि , सेतिराम गोसाइ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया