नेपालगन्ज :

खजुरा गाउँपालिका वडा नम्बर दुई सितापुरका युवाहरुले लकडाउनको अवस्थामा अतिबिपन्न र दिनभरी काम गरेर साझ हातमुख जोड्ने बिपन्न बर्गलाई भोकै बस्न दिदैनौ भनेर सहयोग संकलन गरि राहत कोष स्थापना गरेका छन् ।
बिहीवार खजुरा वडा नम्बर दुईका युवाहरुले ‘सितापुर युवा राहत कोष’ खडा गरि स्वतस्फूर्त रुपमा आफैले राहत कोषमा रकम जम्मा गरेका छन् । उक्त राहत कोषबाट खजुरा वडा नम्बर दुईका अति बिपन्न र खाद्यान्नको अभावमा भोकै बस्नुपरेको परिवारलाई राहत दिने छ , खजुराका युवा नेता रमेश थापाले बताउनुभयो ।
नव गठित २५ सदस्यीय राहत कोषको समितिमा अध्यक्ष , उपाध्यक्ष , सचिव र कोषाअध्यक्षमा क्रमश शन्त बहादुर खत्री , कमल सिंह ठकुरी , नरेन्द्र ददेल र रमेश थापा रहेका छन। उक्त राहत कोष समितिले राहत संकलन गरि अति बिपन्न समुदायको लागि राहत प्रदान गर्ने छ । रहत रकम अपुग भएको खण्डमा समितिले अन्य दाताहरुबाट राहत संकलन गरेर भएपनि बिपन्न बर्गलाई राहत प्रदान गर्ने छ।
राहत कोष गठन संगै खजुरा दुई सितापुरका युवाहरुले स्वतस्फूर्त रुपमा राहत कोषमा रकम जम्मा गरेका छन् । राहत कोषमा आज नै ६७ हजार ५ सय ५५ रुपैयाँ नगत र ६५ केजि चामल तथा २ पेटि चाउचाउ संकलन भएको युवा नेता समेत रहेका नरेन्द्र ददेलले जानकारी दिनुभयो ।
सहयोग गर्ने दाताका नामावली
शन्त बहादुर खत्री ,कमल सिंह ठकुरी
नरेन्द्र ददेल , रमेश थापा
मन प्रसाद रेग्मी , डि बि तामाङ
बिजय बुढा , बिनोद बिष्ट
नरेश केसि , नबिन गुरुङ
सुन्दर सिंह ठकुरी ,महेन्द्र थापा
कर्ण बहादुर गिरि , बिजय मल्ल
बिष्णु देवकोटा , भिम नाथ योगि
भुपाल नेपाली , सरद पोखरेल
बासुदेव रेग्मी , राजन गिरि
सुरेन्द्र खड्का , महेन्द्र श्रेष्ठ
दिन प्रसाद देवकोटा , नेत्र खत्री
मनोज बुढामगर









