खजुरा :

खजुरा गाँउपालिकाले स्थापना गरेको क्वारेन्टाइन मैटहवा मावि राधापुर सैनिकमा राखिएकाहरु घर फर्कन थालेका छन । क्वारेन्टाइनमा आफ्नो बसाइ सकिएपछि क्वारेन्टाइनमा बसेको प्रमाणपत्र सहित घर फिर्ता हुन सुरु भैसकेको गाउँपालिकाले जनाएको छ ।
आज १० जना घर पठाईएको छ गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । क्वारेन्टाइनमा खजुरा वडा नं. १ का १ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर ३ का १ जना र वडा नम्बर ६ का ३ जनालाई घर फिर्ता पठाइएको गाउँपालिका अध्यक्ष कक्षपतिले बताए ।
अब खजुरा गाउँपालिका मैटहवा मावि क्वारेन्टाइनमा ३९ र वडा नम्बर ४ ले स्थापना गरेको क्वारेन्टाइनमा १५ जना छन ।
क्वारेन्टाइनमा बस्नका लागी भारतबाट आएकाहरुलाई पुन थप गर्न पनि लागीएको खजुरा गाउँपालिकाका राजनितिक सल्लाहकार भिम ओलीले जानकारी दिए ।









