नेपालगन्ज :

प्रदेश सभासद कृष्णा केसि ‘नमुना’को पहलमा स्थापन भएको ‘कोभिड १९ राहत कोष’बाट राहत वितरणको कार्य सुरु भएको छ ।
सभासद नमुनाको पहलमा सुरुभएको राहत कोषले आज बिहिवार बाँकेको बैजनाथ गाउँपालिकामा राहत सहयोग गरेको छ ।
पुर्व राज्यमन्त्री दलबहादुर सुनार समेतको उपस्थितिमा कोषले गाउँपालिकालाई राहत सामाग्री (खाद्यान्न ) हस्तान्तरण गरेको हो ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई कोषका तर्फबाट संजय थापाले उक्त अत्यावश्यक (खाद्यान्न लगायतका सामाग्री )सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कोषले बैजनाथ गाउँपालिका अन्तरगतका अतिबिपन्न ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्ने समुदायको लागि भनेर १ हजार केजि चामल , २ सय केजि दाल , १ सय लिटर खाने तेल , १ सय केजि नुन , १३५ गोटा नुहाउने साबुन गरेर ८६ हजार ५ सय ३० रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
सभासद नमुनाले कोरोना भाइरसको महामारीबाट बच्न सरकारले आव्हान गरेकि लकडाउनको अवस्थामा अतिबिपन्न र दिनभर ज्यालामजदुरी गरेर साझ हातमुख जोड्ने समुदायको र मानिसको लागि लकडाउन अभिसाप नबनोस भनेर त्यस्ता ब्यक्ती तथा परिवारलाई सहयोग पुर्याउनको निम्ति स्थापना भएको कोषमा उठेको सहयोगले बाँकेका स्थानिय तहमा राहत वितरणको कार्य सुरु गरेको थियो ।
उता पुर्वराज्य मन्त्री दलबहादुर सुनारले यस्तो मानवीय कार्यले निमुखा जनता लकडाउनको परिस्थितिमा भोकै बस्नुपर्ने अवस्थाबाट राहत मिलेको बताउनुभयो ।









