लकडाउनमा पनि प्रत्येक हप्ता १० हजार सम्म चल्ला उत्पादन

अप्ठारोमा खजुराको कुखुरा विकास फार्म


खगेन्द्र दाहाल, खजुरा:

लकडाउनमा पनि प्रत्येक हप्ता १० हजार सम्म चल्ला उत्पादन

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ अन्तगत रहेको कुखुरा विकास फार्म खजुराले उत्पादन गरेका चल्लाहरु विक्रि नहुदाँ अहिले समस्या उत्पन्न भएको छ ।

प्रत्येक हप्ता ८ देखि १० हजार सम्म चल्ला उत्पादन हुदै आएको फार्मबाट चल्ला विक्रि नहुदाँ कठिन परिस्थिती आएको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक शंकर न्यौपानेले जानकारी दिए । कोभिन १९ का कारण देशमा भएको लकडाउनले प्रतक्ष प्रभाव जिवित व्यवसायमा परेको छ ।

गत हप्ता जसो तसो केहि चल्ला कार्यालयको फार्ममा र कार्यालय भन्दा बाहिर किसानको फार्ममा लगेर पालिएको छ भने आगामि हप्ताको चल्लालाई व्यवस्थापन गर्न निकै गाह्रो भैरहेको फार्म प्रवन्धक न्यौपानेले बताए ।

अब आउने हप्ताको चल्ला व्यवस्थापन गर्न सकिएन भने खाल्टोमा हाल्नु पर्ने बाध्यता हुने फार्मले जनाएको छ । कुखुरा विकास फार्मलाई बन्द गरेर पनि नहुने र कोरोना भाइरसको त्रासका कारण फार्ममा रहेका कर्मचारीहरुको घर बाहिर भएकाले कार्यालय आउने जाने माहोल नहुँदा समस्या भएको न्यौपानेले बताए ।

फार्ममा हाल झण्डै ९ हजार कुखुरा रहेका छन । तिनको दाना, पानि, रेखदेख, ह्याचरी मेसिन सेट गर्ने, ह्याचरी चलाउने, चल्ला क्यान्डलिङ्ग गर्ने इत्यादी दैनिक गर्नुपर्ने काम गर्नका लागी पनि कर्मचारीको अभाव भएको फार्म प्रवन्धक न्यौपानेले बताए ।

भएका कर्मचारी जो आउने जाने गर्ने गर्दथे उनिहरुलाई फार्म भित्रै राखेर र जो भित्रै बस्न सम्भव नभएकाहरुलाई विदा दिएर कार्यालय प्रमुख सहित खटिएर कुखुराको हेरविचारमा खटिएका छन ।

कोरोना भाइरसको त्रासका कारण जहाँबाट कुखुराको दाना ल्याइने गरिन्थ्यो त्यहाबाट दाना ल्याउन कठिन भएको छ । अहिले ढूवानीको समस्या, त्यसमाथि दाना कम्पनिमा दाना स्टकमा नभएको र काम गर्ने कर्मचारी पनि नभएकोले कम्पनिले दाना दिनलाई अप्ठ्यारो परेको कारण पनि आवश्यक दाना पुर्ति गर्न पनि कठिन भएको प्रावधिक कमल चन्दले बताए ।

फार्ममा अण्डा दिइरहेको कुखुरा ४ हजार, अण्डा दिन अर्को वर्षका लागी तयारीका लागी पालिएको ४ हजार, लोकल कुखुरा र तिनका चल्ला १ हजारको संख्यामा रहेका छन ।

लकडाउनमा पनि प्रत्येक हप्ता १० हजार सम्म चल्ला उत्पादन
लकडाउनमा पनि प्रत्येक हप्ता १० हजार सम्म चल्ला उत्पादन

प्रतिक्रिया