एकद्वार प्रणालीबाट जानकीको राहत वितरण , राहत कोषको लागी सहयोग आह्वान

नेपालगन्ज :

एकद्वार प्रणालीबाट जानकीको राहत वितरण , राहत कोषको लागि सहयोग आह्वान

बाँकेको जानकी गाउँपालिकाले लकडाउनको अवस्थामा अति बिपन्न बर्ग तथा दिनभर काम गरेर हातमुख जोड्न समुदाय तथा परिवारलाई राहत वितरणमा एकद्वार प्रणाली अपनाउने निर्णय गरे संगै गाउँपालिकाले राहत वितरणको लागी बिपत व्यवस्थापन कोषको खाता संचालन गरेर सहयोग गर्न इच्छुक संघ-संस्था , उद्योग , नागरिक समाज , ब्यापारीक प्रतिस्ठान र गाउँपालिकाबासीमा सहयोगको लागी आव्हान समेत गरेको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले नागरिक समाज संग कुरा गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत खत्रीका अनुसार गाउँपालिका अन्तरगत राहत वितरणको लागी तथ्यांक संकलनको कार्य भोलि सकिने र त्यसपछि प्रत्यक वडाबाट जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरिने बताउनुभएको छ ।

जानकी गाउँपालिकाको प्रोफाइलमा अति बिपन्न भनेर उल्लेखीत डाटा समेतलाई आधार बनाएर अति बिपन्न वर्ग पहिचानको फर्म्याट तयार गरेर तथ्यांक संकलनको कार्य भैरहेको समेत खत्रीले बताउनुभयो ।

साथै कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उच्च जोखिमलाई मध्य नजर गर्दै जानकिले मानपुर , जोगागाउ र कृषि तालिम केन्द्रमा क्वारेन्टाइन संचालन समेत गरेको छ ।

जानकी गाउँपालिकाले लकडाउनको अवस्थामा अति बिपन्न समुदाय भोकै बस्न नपरुन र हुनेखाने समुदायको गाउँ पालिकाले वितरण गर्ने राहत प्याकेज सम्म पहुँच नपुगोस भनेर गाउँपालिका सचेत र सजग रहेको समेत खत्रीले बताउनुभयो ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीले विपत्तिको समयमा सबैले हातेमालो गरेर कोरोनालाई हराउनु पर्ने जिकिर गर्दै राहत वितरण कोषमा सहयोगका लागी सबैमा आव्हान समेत गर्नुभएको छ ।

जानकी गाउँपालिकाले राहत वितरणका लागी स्थापना गरेको विपत व्यवस्थापन कोषमा सहयोग गर्न चाहनेले एनआइसि एसिया बैंक (NIC ASIA BANK) को निम्न खातामा रकम जम्मा गर्न सकिने छ । NIC ASIA BANK खाता नम्बर – B1CA 149832152403

प्रतिक्रिया