‘हामी सबै एकजुट भएर कोरोनाको सामना गर्नुपर्छ’ – अध्यक्ष पदम धिताल

नेपालगन्ज :

'हामी सबै एकजुट भएर कोरोनाको सामना गर्नुपर्छ' - पदम धिताल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जानकी गाउँपालिकाका अध्यक्ष पदम धितालले कोरोना बिरुद्ध हामी सबै एकजुट भएर लड्नु पर्ने बताउनुभएको छ ।

नागरिक समाज डटकम संग कुरा गर्दै अध्यक्ष धितालले सरकारले गरेको लकडाउनको निर्णयलाई सबै जनताले पालना गर्नुपर्ने बताउनुभएको छ । उहाँले यो समय टिकाटिप्पणी भन्दा पनि कोरोना भाइरस रोकथाम र लकडाउनबाट अतिबिपन्न परिवारमा परेको असरलाई कम गर्न एक अर्कामा हातेमालो गर्नुपर्ने बताएका छन् ।

टिकाटिप्पणि र समिक्षाको लागि समय छ , अहिले त कोरोना संग कसरी लड्न सकिन्छ र लकडाउनबाट अतिबिपन्न , दैनिक ज्यालामजदुरी गरेर हातमुख जोड्ने परिवारको लागि सोचौं ‘ धितालले बताए ।

कोरोना बिरुद्धको अभियानमा जानकी गाउँपालिकाले क्वारेन्टाइन निर्माण र सचेतना फैलाउने कार्य संगै भारत तथा अन्य तेस्रो मुलुकबाट आएका नेपालिहरुको पहिचान गरि क्वारेन्टाइनमा राख्ने काम गरिरहेको समेत बताएका छन् ।

जानकी गाउँपालिकाले जोगा गाउँ र मानपुरमा क्रमश ५० र २५ सैय्याको क्वारेन्टाइन निर्माण गरेको छ भने गाउँ पालिकाले पालिका अन्तरगतका अति बिपन्न बर्ग र दैनिक ज्यालामजदुरी गरेर जिविका निर्वाह गर्ने परिवारलाई राहत वितरणको लागि तथ्यांक संकलन गरेर राहत वितरण तथा राहत संकलनको कार्यलाई तिब्रता दिएको धितालले बताउनुभयो ।

त्यस्तै नेपाली काङ्ग्रेस जानकिका नेत छ्ब्बन खाले सर्वदलीय बैठकबाट पारित निर्णय कार्यान्वयन नगरेको मा दुख समेत व्यक्त गरेका छ्न । उनले भने व्यक्ती संग पैस छ भन्दैमा मनोगत ढंगले जाती , धर्म अनि ब्यक्ति विशेष तरिकाले राहत वितरण गर्न नहुने पनि नेकपा जानकीका अध्यक्ष पदम धितालले बताउनु भएको छ।

साथै उहाँले वास्तविक राहत प्राप्त गर्ने परिवारले राहत पाउनुपर्छ भन्ने हेतुले हरेक वडा तथा गाउँ गाउँमा स्थानिय कार्यकर्ता , पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले लागत र जनचेतनाको काम गर्दै आएको समेत बताउनुभयो ।

प्रतिक्रिया