कर्णालीका आन्तरिक मामिला मन्त्री भण्डारी सिमाको क्वारेन्टाइनमा

नेपालगन्ज :

कर्णालीका आन्तरिक मामिला मन्त्री भण्डारी सिमाको क्वारेन्टाइनमा

कर्णाली प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेस भण्डारीले सुख्खा बन्दरगाह सिमाको क्यारेन्टाइनको अवलोकन गरेका छन ।

क्वारेन्टाइनमा रहेका कर्णाली प्रदेस लगायतका नागरीकहरुको व्यवस्थापन र कोरोना भाइरस संक्रमण हुन नदिन आज मन्त्रि भण्डारीले सहकार्यकालागी सरोकारवालाहरुसगं विविध विषयमा छलफल गरेका छन ।

क्वारेन्टाइन अवलोकन अघि जिल्ला प्रसासन कार्यालय बाँकेमा भएको छलफलमा कोभिन १९ को संक्रमण रोकथामका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर, नेपाली सेनाका बाहिनीपति, प्र.जि.अ, कर्णाली प्रदेस प्रहरी प्रमुख लगाएत सुरक्षा निकायका प्रमुख, युनिसेफ,रेडक्रस लगाएतका निकायसँग बैठक गरेका थिए ।

छलफल पश्चात् उक्त टोलीले जमुनहा स्थित क्वारेन्टाइन र उक्त क्वारेन्टाइनमा रहेका नागरिकहरुको अवस्थाका बारेमा समेत मन्त्री भन्डारीले अवलोकन गरि जानकारी लिएका थिए ।

क्वारेन्टाइनमा रहेका ब्यक्तिहरूलाई १४ दिनपछि घर लिने ब्यवस्था गर्ने र उनीहरूलाई घर फर्केर कोरोना विरूद्धको अभियान्ताकारूपमा सक्रिय हुन अनुरोध गरेका थिए ।

मन्त्रि भण्डारलिे आजै बाँकेमा रहेको कर्णाली प्रदेस प्रहरी तालिम केन्द्रको निरिक्षण समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्ण बहादुर रोकायाले जानकारी दिए ।

कर्णालीका आन्तरिक मामिला मन्त्री भण्डारी सिमाको क्वारेन्टाइनमा

प्रतिक्रिया