एनआइसी एसिया बैंकद्वारा खजुरा र जानकी गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण

नेपालगन्ज :

एनआइसि एसिया खजुराद्वारा खजुरा र जानकी गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण

एनआइसी एसिया बैंक खजुरा शाखाले बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकालाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने समुदाय तथा परिवारको लागि गाउँपालिका मार्फत राहत वितरण गरेको हो ।

विभिन्न अत्यावश्यक खाद्यान्न प्याकेज सहितको राहत सामाग्री वितरण गरेको एनआइसि एसिया बैंकले जानकी तथा खजुरा गाउँपालिकालाई ७५ हजार मूल्य बराबरको राहत सामाग्री सहयोग गरेको छ ।

एनआइसि एसिया खजुराद्वारा खजुरा र जानकी गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण

नेपाल लगायत बिश्व भर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमणको कारण अधिकाश देशहरु लकडाउनको स्थितिमा छ । लकडाउनबाट अति विपन्न परिवारलाई हातमोख जोड्न पर्ने समस्यालाई मध्यनजर गर्दै बैंकले राहत सामाग्री वितरण गरेको बैंकका खजुरा शाखाका म्यानेजर मनोज प्रसाद श्रेष्ठले बताउनुभयो ।

खजुरा शाखाका म्यानेज मनोज प्रसाद श्रेष्ठ र नेपालगन्ज शाखाका म्यानेजर अशोक कुमार तिमिल्सिनाले दुबै गाउँपालिकालाई उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

लकडाउनको अवस्थामा दैनिक ज्यालामजदुरी गर्ने समुदाय भोकभोकै रहने स्थिति आज्न लागे पछि विभिन्न संघ-संस्था औधोगिक तथा ब्यापारीक प्रटिस्ठान र नागरिक समाजको तर्फबाट सहयोगको क्रम चलिरहेको छ ।

प्रतिक्रिया