नेपालगन्ज :

नेपालगन्ज उद्योग बाणिज्य संघ नेपालगन्जले संचालन र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जको सहयोगमा संचालित ‘अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा’ घरदैलो बजारमा हरेक टोल टोलमा पुगेपछि नेपालगन्जका टोलबासीहरु दङ्ग परेका छन् ।
कोभिड १९ को संक्रमणको जोखिम कम गर्न सरकारले आव्हान गरेको लकडाउनको अवस्थामा नेपालगन्जबासीहरुलाई अत्यावश्यक खाद्यान्न सामाग्रीको लागी पसल धाउन र लकडाउनको समयमा मुख्य बजारमा निस्कन नपरेपछी उनिहरु खुसी देखिन्छन् ।
घुम्ती बजारमा माइकिङद्वारा बस्तुका मुल्य सुची भनिन्छ भने उता सोसियल डिस्टेन्स कायम गर्न निश्चित दुरिमा पुराना साइकलका टायरलाई राखेर सोसियल डिस्टेन्स कायम समेत गरिएको छ । जसको कोरोना भाइरस संक्रमणको सम्भावनालाई कम गरेको छ भने नेपालगन्जबासी लाई अत्यावश्यक सामाग्री अभावको महसुस समेत कम गरेको छ जसले गर्दा अतोलबासिहरु खुसी देखिन्छन् ।











