गायिका कनिकाको छैटौं कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं

गायिका कनिकाको छैटौं कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बलिउड गायिका कनिका कपुरलाई छैटौं पटक गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । पाचौँ पटकसम्मको परीक्षण लगातार पोजेटिभ देखिएको थियो । 

छैटौं परिक्षण नेगेटिभ देखिए पनि उनलाई अझै अस्पताल नै राखिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । लगातार दुईपटकको परीक्षण नेगेटिभ देखाएपछि मात्रै अस्पतालले डिस्चार्ज गर्छ । ४८ घण्टाको अर्को परीक्षण हुनेछ ।

मार्च ९ मा बेलायतबाट फर्किएकी कपुरलाई कोरोना संक्रमण देखिएको थियो । उनले आफ्नो यात्राको विषयमा जानकारी नदिइ पाटी दिएको भन्दै उनको आलोचना भएको थियो ।
 

प्रतिक्रिया