जानकी गाउँपालिकाद्वारा राहत सम्वन्धि कार्यविधि पारित

जानकी :

जानकीद्वारा राहत सम्वन्धि कार्यविधि पारित

बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न जारी लकडाउनबाट प्रभावितलाई राहत वितरण गर्न राहत सम्बन्धि कार्यविधि पारित गरेको छ ।

आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले उक्त राहत सम्बन्धि मापदण्ड कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, गृह मन्त्रालयले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि कार्यविधि पारित गरिएको छ ।

लकडाउनले प्रभावित भएका दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायलाई राहत वितरणका लागि अभिलेख सङ्कललन भईसकेकोले अव तुरुन्तै राहत वितरण गरिने उहाँको भनाई छ ।

जानकीद्वारा राहत सम्वन्धि कार्यविधि पारित

बैठकमा गाउँपालिकाका अध्यक्ष राम निवास यादवले कुनै आग्रह पूर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका मजदुर तथा अति विपन्न असाहयहरुका लागि राहत वितरण गर्न आग्रह गर्नुभयो ।

गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिनुभयो । त्यसका लागि सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घ संस्थाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न सक्ने उहाँले बताउनु भयो ।

गाउँपालिकाका वास्तविक विपन्न समुदाय र मजदुरवर्गलाई विना भेदभाव एकद्वार प्रणालीबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाई रहेको छ ।

प्रतिक्रिया