नेशनल प्याब्सन बैजनाथद्वारा बैजनाथ गाउँपालिकालाई राहत खाद्यान्न हस्तान्तरण

नेपालगन्ज :

नेशनल प्याब्सन बैजनाथद्वारा बैजनाथ गाउँपालिकालाई राहत खाद्यान्न हस्तान्तरण

नेशनल प्याब्सन बैजनाथ ईकाई कमिटीद्वारा सोमबार बैजनाथ गाउँपालिकालाई २० बोरा चामल ४० किलो दाल बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै सरकारले आव्हान गरेको लकडाउनबाट दैनिक ज्यालादारी गर्ने मजदुर तथा अति बिपन्न परिवारका लागी उक्त खाद्यान्न राहत बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

नेशनल प्याब्सन बाँके जिल्लाका अध्यक्ष श्याम कुवर, सदस्य धन बहादुर ओलि, नेशनल प्याब्सन बैजनाथका संयोजक प्रकाश मल्लले संयुक्त रूपमा उक्त राहत सामाग्री गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल र उपाध्यक्ष शारदा बि कलाई हस्तान्तरण गरिएको नेशनल प्याब्सन बैजनाथका उपसंयोजक कमान सिहं थापाले बताएका छन् ।

प्रतिक्रिया