संक्रमितको संख्या ४ लाख नाघ्यो, मृत्यु हुनेको संख्या १२ हजार ८ सयबढी

काठमाडौं :

संक्रमितको संख्या ४ लाख नाघ्यो, मृत्यु हुनेको संख्या १२ हजार ८ सयबढी

चीनको हुबे प्रान्तबाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकामा ४ लाख नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६६ जनाको मृत्यु भएसँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म कूल ४ लाख ३ सय २३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ३ सय १९ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया