खजुरा :

बाँकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि खजुराका ८ वडाका स्वास्थ स्वयंसेबिका परिचालन गर्न लागेको छ ।
नेपाल सरकारले ५० हजार स्वयम सेविका खटाउने निर्णय गरे बमोजिम पालिकाभरिका सबै घरमा परिचालन गर्न लागीएको खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो ।
खजुरामा रहेका १०८ जना स्वयंसेबिकालाई भोलिदेखी परिचालन गर्न लागिएको र त्यसको लागि आज वडा वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो ।
घर घरमा पुगेर उनीहरूले विवरण संकलन गर्नेछन् । १ नम्बर वडा देखि ८ नम्बर वडा सम्म स्वयम सेविकाहरुलाई खटाइएको र उनिहरुले लगत लिदाँ घरमुलिको नाम, विदेश बाट आएकाको कहिले आएको, क्वारेन्टाइनमा बसेको भए, क्वारेन्टाइन बाट फर्केको समय, परिवार संख्या, परिवारको नाम सहित हरेक दिनको रिपोर्टिङ्ग गाउँपालिका स्वास्थ शाखालाई दिने गरि कार्यविभाजन गरिएको स्वास्थ शाखा प्रमुख पुर्ण बहादुर खड्काले जानकारी दिए ।
सबै वडामा पुगेर उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिनुभएको थियो ।
भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गर्नेछन् ।










