सुमन मैनाली, बर्दिया :

बाँके र बर्दियाका किसानले लगाएको हिउँदे मकै बालिमा अमेरिकन फौजि किराले नोक्सान पु¥याएको छ ।
बाँके र बर्दियामा लगाइएको अधिकास क्षेत्रफलमा अमेरिकन फौजि किराले नोक्सानि पु¥याएको हो ।
अमेरिकन फौजि किराको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले यसको रोकथाम गर्न मुस्किल रहेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए । कृषि ज्ञान केन्द्रका अनुसार स्मार्ट कृषि गाउँहरुमा लगाइएको हिउँदे मकैमा अमेरिकन फौजि किराले ठुलो नोक्सानी पुगाएको छ ।
बढैया ताल, ठाकुर बाबा नगरपालिका, बाँकेको फत्तेपुर, सितापुर, हिरमनिया लगाएतका क्षेत्रहरुमा अमेरिकन फौजि किराले ७० प्रतिशत भन्दा बढि नोक्सानि गरिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हिजो आज कृषि ज्ञान केन्द्रमा अमेरिकन फौजि किराले नोक्सानी पुराएको भन्दै त्यसको समस्या राख्ने किसानहरुको फोन धेरै आएको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।
फौजि किराले नोक्सानी गर्दा पनि किसानले त्यसको उपचार गराउन पाएका छैनन । लकडाउनले गर्दा अमेरिकन फौजि किरालाई मार्नका लागी एग्रोभेटहरु नखुलेका कारण नोक्सानि थप बढ्ने किसान माहासघं प्रदेश नम्बर ५ का अध्यक्ष सर्वजित विष्टले बताए ।
फौजि किरा तत्काल नियन्त्रण गर्न नसके किसानले घरमा मकै भित्राउन नपाउने किसान माहासघंका विष्टले बताएका छन ।
बाँकेमा २ हजार ४ सय ५० हेक्टर र बर्दियामा ३ हजार ९ सय हेक्टर क्षेत्रफलमा बसन्ते मकै लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।










