कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी

कोरोनाभाइरसबाट अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ । एकै दिन दुई हजारभन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ ।

यहाँ संक्रमितको संख्या ५ लाख ३२ हजार ८७९ पुगेको छ भने ३० हजार ४५३ जना निको भएर घर फर्किसकेका छन् । न्यूयोर्कमा सबैभन्दा बढी एक लाख ८१ हजारभन्दा बढी संक्रमित छन् ।

त्यहाँ आठ हजार ६२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा न्यूयोर्कमा मात्र ७८३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि इटालीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ भने स्पेनमा मृतकको संख्या १६ हजार ६०६ पुगेको छ । त्यस्तै फ्रान्समा १३ हजार ८३२ र बेलायतमा ९ हजार ८७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया