इटहरी देखी बर्दियासम्म : कहिले हिड्दै त कहिले ट्रकको यात्रा

नेपालगन्ज :

इटहरी देखी बर्दिया सम्म : कहिले हिड्दै त कहिले ट्रकको यात्रा

नेपालगन्ज गुलरिया सडग खण्डको गुलरिया बसपार्क छेउमा बर्दिया खैरापुरका कमल अधिकारी गाडीको पर्खाइमा सडक छेउमै बसिरहेका थिए ।

थकित मुहार , लखतरन्न परेको शरिर अनि सानो झोलाको गुण्टालाई अधिकारीले इटहरी देखि नेपालगन्ज सम्म ल्याएका थिए ।

नागरिक समाजकर्मी पुग्दा अधिकारी जस्तै करिब ५० जना उस्तै हालतमा थिए । उनिहरु प्रहरीको समन्वयमा बर्दिया सम्म पुग्ने वातावरण मिलाएकोले उनिहरुको मुहारमा थोरै खुसी देख्न सकिन्थ्यो ।

अधिकारी संगै इटहरी देखि कहिले ट्रक त कहिले पैदलनै आएका विशाल बिक नेपालगन्ज र इटहरीको लकडाउनको कुरा गर्दै भन्दै थिए नेपालगन्जमा त अवस्था हेरि हिड्न दिएको छ इटहरीमा त त्यस्तो अवस्था छैन । बिक भन्दै थिए जे होस घर सम्म पुग्न लागियो ।

इटहरी तथा आसपासका शहरमा कामको लागि पुगेका अधिकारि र बिक कलडाउन पछि खान बस्नको समस्या भएपछि घर आउनुको विकल्प नरहेको बताउछन् ।

इटहरी देखी बर्दिया सम्म : कहिले हिड्दै त कहिले ट्रकको यात्रा
इटहरी देखी बर्दिया सम्म : कहिले हिड्दै त कहिले ट्रकको यात्रा

प्रतिक्रिया