खजुरा क्वारेन्टाइनबाट घर पठाउँदा र्‍यापिड टेस्ट

खजुरा :

घर पठाउँदा र्‍यापिड टेस्ट :

बाँकेको खजुरा गाउँपालिकाले संचालन गरेको मैटहवा माबिको क्वरेनटाइनमा रहेका ४ जनालाई घरमा जानु अघि र्‍यापिड टेस्ट गरेर मात्र घर पठाएको छ ।

उनीहरू ४ जनाकै रिपोर्ट नेगेटिभ देखिएपछि घरमा पठाएको खजुरा गाउँपालिका नर्सिङ अफिसर लक्ष्मी केसीले जानकारी दिइन् । खजुरापछि सोही टीमले जानकी गाउँपालिकामा पुगेर २ जनाको टेस्ट गरेको थियो ।

केसीका अनुसार राधपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिस्टेन्ट मेलिना मल्लले तालिमपछि कोरोनाको जाँच र्‍यापिड डाइग्नोस्टिक कीट द्रुत मेसिनले गर्ने गरेकी छिन ।

प्रतिक्रिया