स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा नेपालगन्जमा राष्ट्रिय गान

नेपालगन्ज :

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा नेपालगन्जमा राष्ट्रिय गान

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा घरघरमा ‘राष्ट्रिय गान गाआँै, राष्ट्रिय धुन बजाऔँ’ अभियान अन्तरगत आज सोमबार नेपालगन्ज लगायत देशको विभिन्न शहरमा राष्ट्रिय गान गाईएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालको अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गर्नुभएको थियो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको थियो ।

विश्व समुदाय कोरोनाबाट ग्रसित छ र कोरोना संग लड्न सामाजिम दुरि कायम गर्दै घरभित्र बस्न सरकारले आव्हान गरिरहेको अवस्थामा कोरोना बिरुद्ध लड्न मनोबैज्ञानिक बल प्रदान गर्न र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मिहरुको सम्मानको यस्ता किसिमका अभियान भारत लगायत अन्य देशमा पनि गरिदै आएको छ ।

नेपालगन्जमा स्वस्फुर्त रुपमा गरिएको उक्त अभियानमा भने सामाजिक दुरिको ख्याल गरिएको थिएन भने । कतिले भने आ-आफ्नो घरमा नै राष्ट्रिय गान गाएर सो अभियानमा एकेवद्द्ता जनाएका थिए ।

प्रतिक्रिया