नेपालगन्ज :

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ ।
कोरोना भाइरसकै कारण मानविय तथा अर्थतन्त्रमा गम्भीर प्रभाव परेको त छ नै तर मानवीय गतिविधि घर भित्रै सीमित हुँदा भने वातावरणमा सकारात्मक प्रभाव परेको छ ।
यसको ज्वलन्त उदाहरणको रुपमा हामिले हाम्रै शहर नेपालगन्जलाई लिन सक्छौ । नेपालगन्ज शहरलाई यतिबेला प्रदुषण रहित शहरको रुपमा ब्याख्या गर्न सकिन्छ ।
किनभने नेपालगन्ज शहरका प्रमुख सडकहरु सफा देखिन्छन् , सडकको बिचमा लगाइएका फुलहरु वसन्त ॠतुको आगमनसँगै फक्रीएका छन। यस अगाडि नेपालगन्ज यति सुन्दर र हराभरा कहिल्यै देखिएको थिएन सायद अनी प्रदुषण रहित पनि ।
साधारण दिनमा गाडिको आवतजावतले धुलाम्य बन्ने सडग र ति फुलहरु अहिले भने मनमोहक देखिएका छन् ।
मानवीय गतिविधि घर भित्रै सीमित हुँदा चरा तथा साना जनावरहरु सुनसान शहरका सडकमा पनि देखिएका छन् ।
कोरोना भाइरसको महामारीका कारण वातावरणमा परेको यो पक्कै पनि एक मात्र सकारात्मक प्रभाव हो ।
अहिले नेपालगन्ज र नेपालका शहरहरु मात्रै होइन विश्वका अधिकांश शहरहरु नै खाली भएका छन् । सवारी साधनको प्रयोग लगभग शून्य जस्तै छ । उद्योगहरु बन्द भएका छन् ।
अधिकांश उडानहरु स्थगित भएका छन् । यसले वातावरणमा रहँदै आएको दबाब अति कम भएको छ । पानीसँगै हावा पनि सफा भएको छ।











