जानकीको क्वारेन्टाइनबाट २२ जना आरडिटि टेस्ट पछि घर फर्किए

नेपालगंज

बाँकेको जानकी गाउँपालिका अन्तर्गत रहेका दुइ वटा क्वारेन्टाइनबाट आज मंगलबार २२ जनालाई घर पठाइएको छ ।

जानकी गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको र्‍यापिड टेस्ट (आरडिटि) गरेर घर पठाएको हो ।

भारत तथा तेस्रो मुलुकबाट आएका उनीहरु करिब तिन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

जानकी गाउँपालिका वडा नम्बर दुई जोगागाउँ माविमा रहेका १८ तथा श्री नेरा मावि मानपुरमा रहेका ४ जना गरेर कुल २२ जना आज घर फर्किएका छन् ।उनीहरु सबैको आर डि टि टेस्टमा कोरोना नेगेटिभ देखिएपछी उनीहरुलाई घर पठाइएको जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले बताएका छन् |

भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका उनीहरुहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाएर उनीहरुको स्वास्थ्य जाच पछी मात्रै आज घर पठाइएको हो ।

बिगत तिन हप्ता देखि मानपुर स्थित नेरा माविको क्वारेन्टाइनमा बस्दै आएका हनुमान पुरी भारतको दिल्ही बाट फर्केका हुन् । उनी दिल्हीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए ।

क्वारेनटाइ अवधि भर सबै किसिमको सुबिधा प्राप्त गरेको बताउने उनी स्वास्थ्य परिक्षण गरेर घर जाने तयारि गर्दै थिए ।

उनी जस्तै जानकी गाउँपालिका वडा नम्बर ६ का अन्य तिना जनाको मुहारमा पनि खुसि झल्कन्थ्यो । उनीहरु करिब तिना हप्ताको क्वारेन्टाइन बसाइ पछी घर फर्कदै थिए ।

विश्व जगत नै कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट ग्रसित छ । नेपाल मात्र होइन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन् । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन भारत तथा तेस्रो मुलुक बाट आएका नागरिकलाई स्थानीय तहमै क्वारेन्टाइन गर्ने नीति अवलम्बनसंगै बाँकेका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेर बिदेश बाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरेको थियो ।

नेपालमा आजको दिनसम्म १७ जना संक्रमितको पुष्टी भैसकेको छ भने सरकारले आव्हान गरेको लकड़ाउनको समयसीमा बैशाख १५ सम्मलाई सारिएको छ ।

प्रतिक्रिया