रेलको लिकले खुट्टा काट्यो ! कृषिले उभ्यायो

खेत कहिल्यै बाझो नराख्ने लालबहादुर


खगेन्द्र दाहाल, बाँके

रेलको लिगले खुट्टा काट्यो ! कृषिले उभ्यायो

दैलेख खरिगैरामा जन्मिएका लालबहादुर खाड ठकुरी ६१ वर्षका भए । २०४९ सालको निर्वाचनबाट वडाध्यक्ष भएर देश र समाजको ५ वर्ष सम्म सेवा गरि सकेका छन ।

२०५७ सालमा बाँकेको बैजानाथ गाउँपालिका २ पहाडिपुरमा बसाइसरी आएका लालबहादुरको २०६३ सालमा रेलको लिकमा परेर खुट्टा काटिएको थियो । अहिले त्यहि काटिएको खुट्टा लिएर लालबहादुरले व्यवसायिक रुपमा कृषि कर्म गरिरहेका छन ।

अपाङ्ग खुट्टाको भरमा लाल बहादुरले डेढ विगाह क्षेत्रफलमा खेती गरिरहेका छन । गाउँपालिकामै अगुवा किसानको रुपमा चिनिने लालबहादुरसगं कृषि खेतीका बारेमा जान्न र सिक्न धेरै आउने गरेका छन । कृषक लालबहादुरले आफै खेती जोत्छन ।

उनका चार छोरा बुहारी, नाति नातिना गरी १५÷१६ जनाको परिवार छ । छोरा बुहारीहरुले आफ्नो आफ्नो काम गर्ने भएपछि लालबहादुरलाई बेला बखतमा सघाउने गरेका छन । लालबहादुरले गरेको मेहेनतलाई पुरै गाउँले गर्व गर्ने गरेको छिमेकि हेमराज कडेलले बताए ।

छिमेकि कडेल भन्छन्, लाल बहादुर अङकलले कहिलै आफ्नो जमिन बाझो राख्नुहुदैन । उहाँको मेहेनत देखेरै अधिकाश गाउँका मानिसहरु कृषिकर्ममा केहि गर्नुपर्छ भनेर लागेका छन्– छिमेकि कडेलले बताए ।

रेलको लिगले खुट्टा काट्यो ! कृषिले उभ्यायो

कृषक लालबहादुरले बर्षायाममा धान रोप्छन भने हिउदमा तोरि, मकै, गहुँ, सुर्यमुखि तथा तरकारीहरुमा बोडि, खुसार्नि, टमाटर लगाएत लगाउने गरेका छन । यहि सिजनको पहिलो लटमा ७ कुइन्टल बढि मकै विक्रि गरिसकेका छन ।

अझै १०÷१२ कुइन्टल मकै उत्पादन हुने गरि खेतमा मकै हरियो भएको देख्न सकिन्छ । कृषक लालबहादुरले जमिन बाट उत्पादन लिइसकेपछि त्यसै खालि राख्ने गरेका छैनन । उनले उक्त खालि जमिनलाई मलजल गरि पुन अर्को बालि लगाउने गरेका छन ।

किसान भएपछि जमिन खालि नराख्नुपर्नेमा उनको मान्यता छ । उनि भन्छन्, ‘म कृषि गर्ने मान्छे हो म जग्गा बाझो राख्न चाहन्न ।’ ‘किसान भएपछि केहिन केहि लगाएकै हुन पर्छ,’ उनले थपे । डेढ लाख पर्ने रागा, ५ लाख पर्ने भैसी र ५० हजार पर्ने पाडा छन ।

छोराहरुको कमाइको आस नगर्ने लालबहादुरले कृषि कर्म गरेरै ३ ठाउँमा घडेरी समेत किनेका छन । अहिले देशमा कोरोना भाइरस (कोभिन १९)को कारण लकडाउनको अवस्थामा छ कतिले खान नपाएको भन्ने खबर सुनिन्छ तर कृषक लाल बहादुर खाण ठकुरी भने २ वर्ष लकडाउन भएपनि आफुलाई कुनै फरक नपर्ने बताउछन ।

लालबहादुर भन्छन्, सबै मेरो घरमै उत्पादन गर्छु किन बाहिर जान प¥योर ? उनले यति भनिरहदा मनमा एउटा उमङ्ग छाएर आउछ । लाल बहादुर संग कुरा गर्दा असम्भव भन्ने कुरा छैन जस्तो भान हुन्छ । लाल बहादुरलाई हेरेर हामि धेरैले धेरै कुरा सिक्न सक्छौ । आफ्नो ठाउँमा बसेर देश विकासमा टेवा पु¥याउन सक्छौ । सलाम छ कृषक लालबहादुर ।

रेलको लिगले खुट्टा काट्यो ! कृषिले उभ्यायो
रेलको लिगले खुट्टा काट्यो ! कृषिले उभ्यायो

प्रतिक्रिया