बेलायतमा कोरोना संक्रमणबाट फेरि एक नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । 

लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो । 

 स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।

धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए । उनी पूर्व गोर्खा सैनिक समेत हुन् । 

प्रतिक्रिया