कोरोना कहर : मुल बाटो र नाकामा कडाई गर्दै बाँकेका युवाहरु

तस्बिर : भिम ओलीको फेसबुकबाट

नेपालगंज : कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम र नेपालमा समेत कोरोना संक्रमितको ग्राफ उकालो लागे संगै बाँकेका स्थानीय तहमा स्थानीयले अपरिचित व्यक्ति तथा अनावस्यक यात्रा गर्नेलाई गाउँ प्रवेश गर्ने नाका तथा पुलमा स्वयं गस्ती दिएर रोक्ने गरेका छन् |

खजुरा गाउँपालिका वडा नम्बर दुइ र जानकी गाउँपालिका वडा नम्बर दुईको सिमानामा रहेको इमिलिया पुलमा पनि दुवै गाउँपालिकाका स्थानीय युवाहरुले अनावश्यक आवतजावतलाई रोकेका छन् | पुलमा काठको बार लगाएर गस्ती समेत गरेका युवाहरुले प्रशासनले जारि गरेको पास बाहेक अनावश्यक हिड्नलाई रोकेका छन् |

युवाहरुको आफ्नो टोल, वडा र पालिकामा अपरिचित ब्यक्तिहरुको अनावश्यक आवतजावत र ठेला-गाडा, अटो सहित प्रशासनको अनुमती बिना हिडडुललाई कम गर्नको लागि आफुहरु त्यसरी खटिएको बताएका छन् |

भारत सँगजोडिएको  सिमाक्षेत्रको गाउँपालिका भएकाले जोखिम उच्च रहेकोले आफ्नो गाउँ टोल लाई बचाउन यस्तो किसिमको अभियानमा जुटेको बताउचन स्थानीय युवाहरु |

प्रतिक्रिया