तस्बिर: नाफिस अहमद (गुड्डु) / नागरिक समाज
नेपालगंज : कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम र नेपालमा समेत कोरोना संक्रमितको ग्राफ उकालो लागे संगै बाँके प्रहरीले लकडाउन पालना गराउन हर-सम्भव कोसिस गर्दै आएको छ |
केहि टोल तथा शहरका भित्रि बाटोहरुमा त्यसको पूर्ण पालना नभए पनि प्रहरी प्रशासनले लकडाउन पालना गराउनको लागि कोसिस गरि नै रहेको छ |
बाँकेमा अन्य दिनको तुलनामा केहि दिन यता केहि खुकुलो जस्तो देखिए पनि प्रहरी भने बिनाकाम हिड्ने लाई चेतावनी संगै नसियता दिदै आएको छ जसको कारण लकडाउनको प्रभावकारिताका समेत देखिदै आएको छ | कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमको बेला प्रहरीले देखाएको सक्रियता प्रति नागरिक खुसि भएका छन् भने कतिपय घटनाको कारण प्रहरी आलोचित समेत बनेको छ |















