नेपालगन्ज :

बिगत १५ दिन देखी नेपालगन्ज जमुनहा नाकाको दशगजा क्षेत्रको क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरु घरजान नपाए पछि आन्दोलनमा उत्रिएका छन् ।
क्वारेन्टाइनमा रहेका १ सय ८१ जना नेपालीको आरडिटि टेस्ट गरेर सबैको रिपोर्ट कोरोना नेगेटिभ आए पछि उपमहानगरपालिकाले घरजाने बन्दोबस्त मिलाउदै थियो ।
क्वारेन्टाइनमा बसेका केहिले गाडिमा सामान राखि सकेका थिए त केहिले सिट समेत छनी सकेका थिए ।
त्यस अवस्थामा उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले क्वारेन्टिन नछोडन निर्देशन दिए पछि स्थिति तनावग्रस्त बनेको हो ।
क्वारेन्टाइनमा बसेका आन्दोलित हुदा बसको सिसा समेत फुटेको छ । उनिहरुलाई घर सम्म पुर्याउनको लागि उपमहानगरपालिकाले बसको ब्यवस्था गरेको थियो ।









