कोरोना कहर :बेलायतमा १४ हजारबढीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या केही दिन यता बढ्दै गैरहेको छ ।

गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएपछि ज्यान गुमाउनेको  कुल संख्या १४ हजार ५ सय ७६ पुगेको छ ।

शुक्रबार बेलायतमा ३ लाख ४१ हजार ५ सय ५१ जनामा कोरोनाको परिक्षण गरिएकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८ हजार ६ सय ९२ जना पुगेको छ ।

बेलायतमा हालसम्म १७ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन्, जसमध्य एक दर्जन जति भूपू गोर्खा रहेका छन् । 

प्रतिक्रिया