
नेपालगंज :कोरोनाको हट स्पटको रुपमा परिचित भारत यूपीको राजधानी लखनउ कोरोनाको सुपर हस्त स्पट बनेको छ | जहा एकै दिन एकै स्थानबात्ट ९० नयाँ कोरोनाको संक्रमित भेटिएको छ |
लखनउको केन्ट एरियामा शनिबार ९० भन्दा बढी कोरोना संक्रमित देखा परेको हो | जसले युपी सरकारको होस उडाएको छ |
युपीको राजधानी लखनउमा १४ क्षेत्रलाइ सिला गरेर भारत सरकारले हट स्पटको रुपमा लखनउ लाइ उच्च सतरकतामा राखेको थियो | युपी सरकारले हरेक क्षेत्रमा सिसि टिभीको मद्दतले अनुगमन तथा सुरक्षाकर्मिको परिचालन गरि लाकडाउनलाइ कडाइ गरिरहेको थियो तर सनिबार केन्ट एरियामा ९० भन्दा नयाँ कोरोना संक्रमित देखिएपछी लखनउ सुपर हट स्पट बनेको भारतीय संचार माध्यमले बताएको छ |
९० नयाँ कोरोना संक्रमित देखिए पछी लखनउको केन्ट क्षेत्रलाइ पूर्ण तया सिला गरेर सिसि टिभीबाट अनुगमन संगै पुरै शहर लाई सेनिटाइज गरिएको छ |
युपीको राजधानी लखनउ कोरोनाको सुपर हट स्पट बनिरहेको बेला नेपाल भारत सिमा नाका रहेको नेपालगंज लगायत आसपासका ठाउँमा भने कोरोनाको त्रास बढ्ने निस्चित बनेको छ | बेलाबेलामा भारतीय सुरक्षाकर्मीले नै भारत बाट नेपाल प्रवेस गर्न चाहेका नेपाली नागरिक तथा भारतीय नागरिक समेत अबैध रुपमा नेपाल पस्न दिएको खबर आइ रहदा यो घटनाले नेपालगंजमा त्रास छाउनु स्वाभाविक हो |











