रामु ओली /नेपालगन्ज :

कोरोना भाइरस संक्रमणको जोखिम संगै नेपाल सरकारले आव्हान गरेको लकडाउन पछि खेतमा लगाएको तरकारी बिक्री नभए पछि नेपालगन्ज वडा नम्बर १६ जैसपुरका किसानले बारिमै आफ्नो तरकारी (बन्दा) मास्नुपर्ने बाध्यता बनेको छ ।
बाली बिकास कृषक समुहले १० बिगाह क्षेत्रमा लगाएको उक्त बन्दा लकडाउनले गर्दा बिक्रि हुन नसकेको हो । बारिमा लगाएको बन्दा बिक्री नभएपछि ७० प्रतिशत बन्दा बारिमै कुहिएको छ । तरकारी खेती बाटनै आफ्नो र परिवारको गुजारा गर्दै आएका कृषकहरु बन्दा बारिमै कुहिदै गएपछि चिन्तित बनेका छन् ।
नेपालगन्ज १६ जैसपुरमा उनिहरुले २० बिगाहमा तरकारी खेती गर्दै आएका छन् भने दस बिगाहमा बन्दा खेती गरेका छन् ।
लकडाउन संगै लगाएको बन्दा बिक्रि नहुदा उनिहरु चिन्तित त छन् नै कुहिएको बन्दा नास गर्नुपर्दा उनीहरु संग अश्रुधारा बगाउनुको अर्को बिकल्प छैन ।
समुहको एक हजार क्विन्टल बन्दा खेतमा छ , जो सबै कुहिने अवस्थामा छन् । दस लाख लगानी गरेका किसानहरूले भने बीस लाख रुपियाँ कमाइ हुने अनुमान गरेका थिए । समुहका कोषाध्यक्ष महयादिन कवडिया बताउछन् ।

उत्पादित बन्दाले बजार पाउन सकेको छैन , लकडाउनको कारण उनले नियमित रुपमा बिक्रि गर्दै आएका , बुटवल , सुर्खेत , कोहलपुर , खजुरा र नेपालगन्जका सब्जी मण्डिमा नत उनीहरुले सब्जी पुर्याउन सकेका छन् नत माग नै आएको छ । उनिहरुले बन्दा बिक्रिको लागि कोसिस नगरेका भने होइनन , गाउँमा बन्दा बिक्रिको लागि लैजादा विभिन्न अवरोध उत्पन्न भएपछी उनिहरुमा निरासा छाएको समुहको सदस्य मुनिर अहमद राईले बताए ।
बाली बिकास कृषक समूहमा १५ जना सदस्य छन् । उनिहरु यहि कृषि कर्मबाट नै आफ्नो परिवारको गुजारा गर्दै आएका थिए । बिश्वलाई नै त्रसित र आतंकित तुल्याएको कोरोना भाइरस संक्रमण संगै भएको लकडाउनले उनीहरुको बिचल्ली बनाएको छ ।
लकडाउनको कारण चाउमिन पसल , मोमो पसल जस्ता नास्ता पसल तथा होटेलहरु पूर्णरुपमा बन्द भए संगै बन्दाको मागमा ह्वात्तै कमि आएको हो । राइका अनुसार बन्दा तरकारीको रुपमा भन्दा बढी चाउमिन, मोमो र पकौडामा प्रयोग बढी हुने गर्दछ । तर लकडाउनका कारण त्यस्ता पसल र होटेल पूर्णरुपमा बन्द भएपछि किसान १० बिगाह क्षेत्रफलमा रहेको बन्दा बारिमै मास्न बाध्य बनेका छन् ।

२० बिगाह क्षेत्रमा तरकारी खेती गर्दै आएको समूहले दस बिगाहामा मकै , साग , भान्टा, टमाटर , खुर्सानी , लौका , काक्रा लगायतका खेती गरेका छन् भने बाकी दस बिगाहमा बन्दा खेती गरेका छन् । उनीहरुको आशा र भरोसा नै बन्दामा थियो तर बजारमा पुर्याउने समयमा लकडाउन भएपछि उनिहरुको बन्दा बारिमै कुहिन लागेको बताउछन समुहका सदस्य राई ।
‘अब हामी त बरबाद नै भयौ , बन्दा बारिमै कुहिदै छ । यस्तो अवस्थामा सरकारले हाम्रो समस्यालाई सम्बोधन गर्नु पर्ने हो । जग्गा भाडा तिर्नै पर्यो , बालबच्चा पाल्नै पर्यो , जसको भरोसामा परिवार पाल्दै आएका थियौ त्यो नै अहिले बारिमै कुहिने अवस्था आएपछि हाम्रो परिवारको त बिचिल्लि छ ‘ – समुहका सदस्य राई बताउछन् ।
भारतबाट नियमित रुपमा तरकारी नेपाल भित्री रहे पनि नेपालकै किसानले भने आफुले उत्पादन गरेको तरकारी खेतमै कुहाउनु पर्ने अवस्था आएको छ । लाखौ लगानी गरेर तरकारी खेती गरेका उनीहरु अहिले चिन्तित बनेका छन ।











