राहतको आशामा वडा न.१० का विद्यार्थी तथा घरभाडामा बस्नेहरु

राहतको आशामा वडा न.१० का  विद्यार्थी तथा घरभाडामा बस्नेहरु

नेपालगन्ज : नेपालगन्ज वडा नम्बर १० कार्यालयको अगाडी आइतबार करिब १०:३० को समयमा सयको हाराहारीमा विद्यार्थी तथा घर भाडामा बस्ने बासिन्दाहरु बसिरहेको दृश्य थियो ।

उनीहरु राहतको आशामा वडा नम्बर १० को अगाडी बसे पनि वडा कार्यालयमा नत राहत बाड्ने सुरसार थियो नत वडा अध्यक्ष नै थिए । दुई तीन दिन देखी भोलि भोलिको आश्वासन मात्रै पाएको गुनासो गर्ने उनीहरु राहतकै लागि दिन दिनै आउँनु परेको र अन्तमा बिना राहत घर फर्कनु परेको बताउछन ।

वडाका बासिन्दाले राहत पाई सकेको अवस्थामा आफुहरुले राहत नपाएको र कोठा भाडामा लिएर बसेका उनीहरुको खाने अन्नको अभाव भए पछि दिन दिनै राहतको लागि वडा कार्यालय धाउनुको बिकल्प नरहेको बताए ।

बास्तवमै राहत पाउनु पर्ने हामिले हो, न हाम्रो घर छ नत हामी संग पैसा नै बरु हामिलाई घर सम्म जाने वातावरण मिलादिएको भए राम्रो हुन्थ्यो, त्यो पनि छैन र राहतमा पनि हामिलाई नै उपेक्षा गरिएको छ, उनिहरुले बताए ।

राहतको आशामा वडा न.१० का  विद्यार्थी तथा घरभाडामा बस्नेहरु

नेपालगंज १० का वडा अध्यक्ष बिन्दु भूषण बस्नेत लाई सम्पर्क गर्दा अध्यक्ष बस्नेतले उपमहानगरपालिकाले दिएको आश्वासन अनुसार हामिले आइतबार राहत दिन्छौ भने पनि उपमहानगरपालिकाले राहतको ब्यवस्थापन नगर्दा दिन नसकेको र त्यसैका लागी आफू उपमहानगरपालिकामा पुगेको बताएका छन् ।

उता उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उप महानगर पालिका बाट उपलब्ध गराईएकाे फारम भरे राहत उपलब्ध गराईने बताए । फारम भर्नुस् राहत उपलब्ध गराउने जिम्मा मेरो भयो उप मेयर थापामगरले बताइन ।

प्रतिक्रिया