
बाँकेको जानकी गाउँपालिकामा राहत वितरणको कार्य सोमबार देखि सुरु भएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढे संगै सरकारले आव्हान गरेको लकडाउन पछि दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पाल्दै आएका परिवार तथा समुदायको लागि हातमुख जोड्नमा कुनै समस्या नआओस् भनेर राहत वितरणको कार्यलाई तिब्रताका साथ सुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताएका छन् ।
जानकी गाउँपालिका अन्तरगतको वडा नम्बर चार र वडा नम्बर पाँचमा सोमबार बिहान देखि नै राहत वितरणको कार्य सुरु गरिएको छ भने वडा नम्बर एक र वडा नम्बर ६ ले दिउसो देखि राहत वितरण गर्ने बताइएको छ ।
राहत वितरणको कार्यलाई ब्यवस्थित गर्न जानकी गाउँ पालिकाले यस अघि नै कोरोना भाइरस संक्रमण, रोकथाम र राहत तथा उद्दार कार्य संचालन कार्यविधि समेत तयार गरिसकेको छ भने सम्बन्धीत वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय राहत व्यवस्थापन समिति गठन समेत गरेको छ ।

जसको सदस्यमा सम्बन्धीत वडाको कार्यपालिकाको सदस्य, वडा सदस्यहरू, मान्यताप्राप्त राजनैतिक दलका वडा प्रमुख, वडा सचिव सदस्य रहेका छन् ।
जानकी गाउँपालिकामा राहत वितरणको कार्यलाई ब्यवस्थित संगै सामाजिक दुरि कायम गरि राहत वितरणको कार्य भैरहेको र त्यसै अनुसार ब्यवस्थापन गरिएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले बताउनुभएको छ ।
जानकी गाउँपालिकाले पालिका भरी पाँच जना भन्दा बढी रहेको प्रति परिवारलाई २५ किलो चामल ,तीन किलो दाल, २ लिटर खाने तेल र एक किलो नुन तथा पाँच जना भन्दा कम रहेको प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल, एक लिटर खाने तेल र एक किलो नुन वितरण गरिएको छ भने प्रत्यक घरधुरीलाई साबुन र मास्क समेत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत / गाउँपालिका अध्यक्ष









