नेपालगन्जमा जनता विस्फोटको खतरा, हिजो वडा त आज उपमहानगरमा धर्ना

नेपालगन्ज :

नेपालगन्जमा जनता विस्फोटको खतरा , हिजो वडा त आज उपमहानगरमा धर्ना

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम पछि सरकारले लकडाउनको घोषणा गरे संगै खाद्यान्नको समस्या उत्पन्न भएको छ । दैनिक ज्यालादारी गरेर परिवार पाल्ने परिवार र समुदाय लकडाउन पछि समस्यामा परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर चार तथा दशमा घरभाडामा बस्ने मजदुर, कर्मचारी तथा बिद्यार्थीहरुले राहत नपाएको भन्दै हिजो (आइतबार) वडा कार्यालयमै भिड गरेर स्थिति तनावग्रस्त बनाएका थिए भने सोमबार वडा नम्बर चारका बासिन्दाले नेपालगन्ज उपमहानगरपालिका कार्यालयको मुल गेटमा धर्नामा बसेका छन् ।

कोरोना भाइरसको उपचार सम्भव नभएको अवस्थामा सामाजिक दुरी कायम गर्नु नै पहिलो र अन्तिम उपायको रुपमा रहेको थाहा हुदा हुँदै वडा तथा उपमहानगरपालिकाको उनिहरुको माग सम्बोधन गर्न नसक्दा सामाजिक दुरि कायम गर्नु पर्ने मान्यता र कलडाउनको धज्जी उडेको छ ।

दैलेख स्थायी घर भएका धन बहादुर रोकाले हामिलाई अनाहकमा वडाले दुख दिएको बताएका छन् । हिजो पनि हामिले राहत प्राप्त गरेनौं , हामिले फारम समेत भरी सकेका छौ हिजो भोलि दिन्छु भनेर बोलाउने तर आज भने वडा कार्यालय बन्द गरेर जनप्रतिनिधि बसेका छन् , त्यसैले हामी उपमहानगरपालिका मै आएका हौं , रोकाले बताए ।

वडा नम्बर चारमा जस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को कार्यालय अगाडी समेत आइतबार सयको संख्यामा घरभाडामा बस्ने विद्यार्थीहरु धर्नामा थिए , चर्को गर्मीमा राहतकै लागि बसेका उनीहरु एउटै आरोप थियो वडाले दिन्छु भनेर बोलायो तर दिएन ।

आक्रोशित भिडले नत सामाजिक दुरि सोच्न भ्याएको थियो नत कोरोना संक्रमणको डर नै ।उनीहरु राहतको आशामा वडा र उपमहानगरपालिकाको गेटमा धर्ना दिदै थिए ।

उता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर चारका अध्यक्ष अफिक बेहनालाई यस बारेमा राय लिन अध्यक्ष बेहनाको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले फोन काटिदिने गरेका छन् । नागरिक समाजको टिमले करिब १० मिनेटको अन्तरालमा दुई पटक फोन गर्दा उनले फोन काटेका हुन् ।

उता उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उप महानगर पालिका बाट उपलब्ध गराईएकाे फारम भरे राहत उपलब्ध गराईने बताए । फारम भर्नुस् राहत उपलब्ध गराउने जिम्मा मेरो भयो उप मेयर थापामगरले बताइन ।

देश लकडाउनको अवस्थामा रहेको बेला जनता खान नपाएर बस्नुपर्ने अवस्था सृजना हुन नदिन स्थानिय तथा संघीय र प्रदेश सरकार चनाखो हुनुपर्ने र जनता विस्फोटको अवस्था सृजना भएमा तथा जनता भोककै कारण सडकमा आउने स्थिति सृजना हुनु देशकै लागि घातक हुने एक सामाजिक अभियन्ताले बताउछन् ।

वडा नम्बर चार कार्यालय परिसर
वडा नम्बर दस परिसर

प्रतिक्रिया