नेपालगन्ज :

भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलले प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु गरेको छ ।
किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य बस्तुलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएकाे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता तथा याेजना अनुगमन महाशाखा प्रमुख विनाेद घिमिरेले बताउनु भयो ।
घिमिरेका अनुसार कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रमा रहेका पिक अप भ्यान र मन्त्रालय मतहतका कार्यलयहरुले अनुदानकाे रुपमा उपलब्ध गराएका पिक अप भ्यान कृषि एम्बुलेन्स काे रुपमा प्रयाेग गरिएकाे छ ।

१२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्सले सेवा दिईरहेका छन ।
कृषि एम्बुलेन्सकाे प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पाैडेललेे शुभारम्भ गर्नुभयाे ।
बाकेंमा पनि आज देखी कृषि एम्बुलेन्सले आफ्नो सेवा सुरु गरिसकेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाले जानकारी दिनुभयो ।











