लकडाउनलाई कडाइ गर्दै बाँके प्रशासन, साँझ ४ बजे पछि सुनसान बन्यो नेपालगन्ज

नेपालगन्ज : बाँके प्रशासनले लकडाउनलाई कडाइ गर्ने रणनीति अनुसार सोमबार साँझ चार बजे पछि लकडाउनलाई कडाइ गरिएको छ ।

लकडाउनको २८ औं दिन जिल्ला प्रशासन कार्यालय बाँकेले साँझ ४ बजेपछि औषधी पसल बाहेक पुर्णरुपमा पसल बन्द गर्ने भनेपछि बजार सुनसान देखिएको हो । नेपालगन्जको प्रमुख सडक मात्रै होइन भित्री सडक र साना पसलहरु समेत पुर्णतया बन्द छ ।

नेपालगन्जको प्रमुख चोक तथा सडकमा प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ छन् भने वडा तथा जिल्ला प्रहरीको गस्ती टोलिले नेपालगन्जको हरेक टोल र नाकामा निगरानी बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाकेले आइतबार एक सुचना जारी गर्दै लकडाउनलाई थप कडाइ गर्न सोमबार साझ देखि औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न अनुरोध गरेको थियो ।

उता खजुरा र कोहलपुरमा समेत कडाइका साथ लकडाउनलाई पालना गराउन प्रहरी खटिएको छ भने खजुरा र कोहलपुरमा समेत लकडाउनको प्रभाव परेको छ।

प्रतिक्रिया