नेपालगन्ज :

बाँकेको बैजनाथ गाउँपालिकालाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिले राहत हस्तान्तरण गरेको छ ।
नेकपा बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिले मंगलबार पाँच लाख रुपैयाँ रकम बराबरको चमल गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बच्नका लागि सरकारले आव्हान गरेको लकडाउन पछि दैनिक ज्यालादारि गरी जीवन निर्वाह गर्ने समुदाय र परिवारको समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरिएको हो ।
नेकपा बाँके क्षेत्र नं ३ क का ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई पार्टीको तर्फबाट संकलिन ५ सय बोरा चामल हस्तान्तरण गर्नुभयो ।
पाण्डेले नेकपा जनताको सुख दुखको साथि भएको बताउदै पार्टी नेता कार्यक्रताबाट संकलिन ५ लाख मुल्य वरावर ५ सय बोरा चामल संकलन भएको समेत बताएका छन् ।
गत चैत १६ गते पूर्व राज्यमन्त्री दल बहादुर सुनारको नेतृत्वमा नेकपा बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिद्वारा विपत व्यवस्थापनका लागि विपत कोष खडा खडा गरेर राहत संकलन कार्य सुरु गरिएको थियो । मंगलबार उक्त कोषले पाँच सय बोरा चालम बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
कोषको संयोजक समेत रहेका पुर्व राज्यमन्त्री दल बहादुर सुनारले पार्टी सदस्यहरु बाट मुठि मानो बचत गरेर बिपन्नका लागि राहात संकलन गरिएको जानकारी दिनुभयो । उहाँले नेकपा जनताको पार्टी भएकाले जनताको शुख दुखमा मलम लगाउन अभियान सञ्चालन गरिएको बताउनु भयो ।
महामारिको बेला स्थानिय सरकारलाई सबैले सहयोग गरिरहेको जानकारी दिँदै स्थानिय स्तरमा आर्थिक रुपमा कमजोर भएका आम नागरिकलाई राहत वितरण गरिने बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले जानकारी दिएका छन् ।
साथै उनले नेकपाले पाँच लाख बराबारको सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्दै विपद्को घडिमा सबैले सहयोग गर्न अनुरोध गरेका छन् ।
उता राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य , बाँके जिल्ला कमिटी सदस्य तथा नेकपा बैजनाथ गाउँपालिका सह संयोजक दिपक जिएमले विपत्तिको बेला सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
गत चैत १६ गते नेपाल कम्युनिष्ट पार्टी बाँके निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश ‘क’ क्षेत्रीय कमिटिको संयोजक गुमान बहादुर दमाईको अध्यक्षता तथा प्रदेश इन्चार्ज नरेन्द्र पाण्डे (जेम्स)को प्रमुख अतिथी र पुर्व राज्यमन्त्री दल बहादुर सुनारको विशेष अतिथिमा सम्पन्न बैठकले सो कोष खडा गर्ने निर्णय गरेको थियो ।









