
नेपालगन्ज : कोरोना भाइरस संक्रमणको जोखिम र नेपालमा समेत कोरोना संक्रमितको ग्राफ उकालो लागे संगै गाउँ टोलमा बाटो बन्द गरेर पहरा दिने क्रम बढेको छ ।
बाँकेका स्थानीय तहमा स्थानीयले अपरिचित व्यक्ति तथा अनावस्यक यात्रा गर्नेलाई गाउँ प्रवेशमा रोक्नका लागी नाका तथा पुलमा स्वयं गस्ती दिने गरेका छन् |
लकडाउनमा बाटो बन्द गर्न पाउने कि नपाउने भनेर एक किसिमको बहस चलिरहदा बाँकेमा मात्रै नभई अन्य जिल्लाहरुमा समेत बाटो बन्द गर्ने कार्य निरन्तर बढ्दै गएको छ ।
कोरोना भाइरसको जोखिममा गरिएका बाटो बन्दले आम नागरिकले सास्ती भोग्नुपरेको केही खबर आए पनि खजुरा गाउँपालिका वड नम्बर दुइका स्थानियले भने आपत्कालिन अवस्थाको लागि बैकल्पिक बाटोको ब्यवस्था गरेको बताउछन् ।
भारत संग सिमा जोडिएको बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर दुईमा भने सि गाउँ र राधापुरको सिमानामा ब्यारिगेट स्थापन गरेर युवाहरु डियुटी मै खटिएने गरेका छन् । उनिहरुले गाउँ प्रवेश गर्ने हरुको निगरानी मात्रै गर्दैनन् , ब्यारिगेटमै डिटोल पानिले हात धुने ब्यवस्था समेत गरेका छन् ।

अनि अवाश्यक परेकालाई मास्क समेत वितरण गर्दै आएका छन् । उनीहरुको यस्तो कदमले आपतकालीन अवस्थामा आउने जानेलाई दुख नदिएरै अनावश्यक रुपमा गाउँ प्रवेश गर्ने र हो हल्ला गर्दै हिड्नेहरुलाई रोक्ने रोक्ने गरेका छन् ।
खजुरा गाउँपालिका , जानकी गाउपालिका र बाँके- बर्दिया सिमानामा समेत युवाहरु स्वयम् खटिएरै गाउँ तथा जिल्ला प्रवेश गर्नेहरुमा कडाई गरिरहेका छन् ।
नेपालको मैलिक हकले पनि आफ्नो घर जान र आउन पाउने अधिकार दिएको भए पनि विषम अवस्था चालिएको यस्तो कदमको भने अधिकाशले प्रशंसा गरेका छन् ।









