सिप्रदियन सहायता संस्थाद्वारा जानकी र नेपालगन्जमा राहत सामाग्री हस्तान्तरण

नेपालगन्ज :

सिप्रदियन सहायता संस्थाद्वारा जानकी र नेपालगन्जमा राहत सामाग्री हस्तान्तरण

चिनको बुहानबाट सुरु भइ हाल विश्वभरनै फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण कम गर्न गरिएको लकडाउनका कारण नेपालका धेरै परिवारमा भोकमरीको अवस्था सृजना भएको छ।

यसै स्थितिलाई मध्यनजर गर्दै दैनिक मजदुर अनि ज्यालादारी गर्ने परिवारलाई केही राहत होस भन्ने मनसायले सिप्रदियन सहयता संस्थाले देशका अधिकांश स्थानीय तहलाई राहात सामाग्री हस्तान्तरण गरेको छ।

यसबीच सिप्रदियन सहायता संस्थाले बाँकेको नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिका गरि दुईवटा स्थानीय तहमा राहत सामग्री हस्तान्तरण गरेको सिप्रदि ट्रेडिङ नेपालगन्जका प्रमुख राघव कार्की जानकारी दिए।

सिप्रदियन सहायता संस्थाद्वारा जानकी र नेपालगन्जमा राहत सामाग्री हस्तान्तरण

कार्कीका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा १०० प्याक र जानकीमा ३५ प्याल खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ। जस अन्तर्गत प्रत्येक प्याकमा २० केजी चामल, १ लिटर तेल, १ केजी नुन र १ केजी दाल रहेको छ।

नेपालगन्जमा उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणा र जानकीमा जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव तथा प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीलाई उक्त राहत सामाग्री हस्तान्तरण गरिएको सिप्रदि ट्रेडिङ नेपालगन्जका प्रमुख कार्कीले बताए।

प्रतिक्रिया