बिपतमा स्थानीय सरकार :भारतीय नागरिकलाई समेत राहत दिएका छौ

कोरोना भाइरसको महामारीले विश्वका सात अर्ब बढि मानिसहरु छट्पटाईरहेका छन् । कुन बेला कोरोनाको सिकार भइने हो पत्तो छैन

चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणले विश्वलाई आक्रान्त बनाएको छ ।

कोरोना भाइरसको महामारीले विश्वका सात अर्ब बढि मानिसहरु छट्पटाईरहेका छन् । कुन बेला कोरोनाको सिकार भइने हो पत्तो छैन । देशमा लकडाउन सुरु भएपछि सरकारले जनता बचाउने अभियान स्वरुप विभिन्न क्रियापलापहरु प्नि गर्दे आएको पाइन्छ ।

संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरस बाट जोगिन र जनतालाई भोक भोकै मर्न नदिन विभिन्न योजना ल्याएर कार्यनयन समेत गर्दे आएका छन । यस्तो विषम परिस्थितीमा हामिले नेपालगन्ज उप महानगरपलिका वडा नम्बर १ ले के कसरी जनताको माझमा काम गरिरहेको छ भनेर नागरिक समाजकर्मी खगेन्द्र दाहालले वडाध्यक्ष प्रमोद रिजाल सँग कुराकानि प्रस्तुत गरेका छौ ।

वडाध्यक्ष ज्यु लकडाउनमा तपाईहरुले कसरी काम गरिरहनुभएको छ ?

हामिले पनि अन्य स्थानियतह जस्तै काम गरिरहेका छौ । हामिले पहिलो चरणमा रेडियो, पत्रपत्रिका, अनलाइन मिडिया र माइकिङ्ग मार्फत सचेतनामुलक जानकारी दिने काम गरेका थियौ । प्रत्येक टोलहरुमा टोल विकास समितिहरु मार्फत सुचना प्रवाह गर्दे कोरोनाले गर्ने असर, यसले पार्ने प्रभाव, सामाजिक दुरी कायम राख्ने र यसबाट बच्ने उपायका विषयमा वडाबासीहरुलाई जानकारी गराएका छौ ।

अनि अर्को काम भनेको तथ्याङ्ग संकलन गर्ने काम सुरुको चरणमै पुरा गरिसकेका छौ । हामिले मजदुर वर्गहरुलाइृ दुई समुहमा विभाजन गरेर राहतको प्याकेज दिने उदेश्यले अवस्था हेरेर वितरण गर्ने गरेका छौ । हामिले योजना बनाए अनुरुप पहिलो चरणमा २ सय ३३ जना स्थाई श्रमिकहरुलाई राहत वितरणको कार्यक्रम सम्पन्न गरिसकेका छौ । ३ सय जनालाई राहत दिने लक्ष्य अनुरुप दोश्रो चरणमा थप ६७ विपन्न श्रमिक वर्गहरुलाई राहत दिदैछौ । हामिले भारतिय नागरिकहरुलाई पनि आधारकार्ड हेरेर राहत दिने काम गरेका छौ ।

स्थानिय नागरिकहरुलाई रोग तथा संक्रमण नहोस भनेर के गर्देहुनुहुन्छ ?

सुचना प्रवाह गरेपछि हामिहरुलाई थुप्रै फोनहरु आए । विदेश तथा भारतबाट आउनुभएका व्यक्तिहरुलाई भेटेर वडा भित्रै क्वारेन्टाइनमा बस्न मिल्ने अवस्था भएकाहरुलाई घरमै बस्न अनुरोध गर्दे केहिलाई नेपालगन्ज उप महानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइन स्थलमा बस्ने बातावरण मिलाएका थियौ ।

हामिले सुचना प्रवाह गरेकै आधारमा कुनैपनि टोलहरुमा बाहिरबाट आउनुभएका कोहिलाई घरका मान्छेले लुकाएपनि छिमेकिले नयाँ मान्छे आएको कुरा जानकारी गराउने गरेको हुदाँ हामिले पनि तत्कालै स्वास्थकर्मि सहितको टोली लिएर कान्उसेलिङ्ग गर्दे स्वास्थ चेकजाचँ गरी क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा व्यवस्थापन गर्ने गरेका छौ ।

वडामा खाद्यान्न तथा तरकारीको अभाव हुन नदिन केहि प्रयास गर्नुभयो कि भएन ?

लकडाउनको बेलामा यहाँका जनतालाई खाद्यान्न सामाग्री तथा तरकारीको अभाव हुन नदिनका लागि सुरुका बेलामा उद्योग बाणिज्यसघं लगाएतका सस्था संग बसेर घरघरमै तरकारी र खाद्यान्न पुगाउन काम पनि गरेका थियौ । अहिले त केहि मात्रमा प्रशासनले खरिद विक्रिका लागी केहि खुकुलो बनाएकाले सहज बनेको छ ।

यसरी लकडाउनको बेलामा काम गरिरहदाँ चुनौति कत्तिको छ ?

स्थानिय तहलाई जनताको अगाडि बसेर काम गर्नुपर्ने च्यालेन्ज छ । यो बेलामा सामाजिक दुरी कायम गरेर बस्नुपर्ने अवस्थामा हजारौ जनतामाझ जान पर्ने, राहत संकलन, वितरण गर्नपर्ने, राहत नपाएका गुनासा सुन्नपर्ने, भिडभाडमा बसेर काम गर्नुपर्ने भएकाले हामि एकदमै चिन्तित छौ । ठुलो चुनौतिका बाबजुत पनि हामि जनप्रतिनिधि, कर्मचारीहरु जनताको सेवामा खटिरहेका छौ ।

लकडाउनलाई खुकुलो बनाउन आवश्यक छ कि छैन ?

हामिले अहिले सम्म गरेको कामको आधारमा के लाग्दछ भने अब अतिकति समदुरी राखेर विकास निर्माणका कामहरुलाई पनि अगाडि बढाउने हो कि भनेर छलफल गरिरहेका छौ । वडालाई लक इन गरेर साना उद्योगहरु संचालन गर्ने जसमा उद्योग भित्रै काम गनर्,े त्यहि बस्ने र बाहिर ननिस्कने गरी उत्पादनमुखि व्यवस्थापन गर्दे आर्थिक आयआर्जनको बाटो खोल्न आवश्यक छ सोहि अनुसार परिस्थिती हेरेर अघि बढ्दै छौ । यदि लकडाउनलाई खुकुलो बनाइएन भने खाद्यान्न अभाव हुन सक्दछ अनि एक छाक खाने अर्को छाक भोकै बस्नुपर्ने एकथरी मात्रै खान पर्ने अवस्था सिर्जना आउनसक्ने हुन्छ ।

पहिलो पटक वितरण गरेको राहतले पुगिरहेको अवस्था हो ?

राहत लिने दिन प्रतिदिन बढ्दै छ । हामिकाहाँ पहिलो पटक वितरण गरेको अति विपन्न मजदुरी गर्ने बर्गहरुका लागी राहत सकिएर पुनः खान पुगेन भनेर राहत माग्न आउन सुरु भैसकेको अवस्था छ । जनताहरु विहानै घरमै राहत माग्न पुग्नुहुन्छ । हामिले कत्ति पनि राहत नपाएकोलाई प्राथमिकता दिदै अस्थाइ श्रमिकहरुलाई पनि राहत दिदैछौ । हामिले संघिय, प्रदेश र उप महानगरपालिकालाई आग्रह गरिरहेका छौ अब लकडाउन लमव्याउने हो भने निम्न वर्गका अरु समुदायहरुलाई पनि राहत दिने अवस्था आइसकेको छ भनेर ।

अन्यमा केहि भन्नु छ ?

मेरो सम्पुर्ण जनताहरुलाई मेरो एउटै अनुरोध के छ भने हामि हाम्रा जनतालाई कुनैपनि हालतमा भोकै मर्न दिने छैनौ । विकास निर्माणका बजेटलाई रकमान्तर गरेर भएपनि जनता बचाउने कुरामा हामि कटिबद्ध छौ । हामिले दिन सेवामा केहि दिन ढिला हुन सक्छ केहि कठिन परिस्थितीका बाबजुत हाम्रो प्रयास सकेसम्म सबै गरिव जनताले राहत पाउन भन्ने नै छ । जसको आर्थिक अवस्था अलि राम्रो छ उहाँहरुले अरुको लागी सहयोग गरिदिन अनुरोध गर्दछु । खुला मन भएका मनकारीहरुलाई यो विषम परिस्थितीमा आफ्नो टोलमा रहेका खान नपुग्नेहरुलाई सहयोग गर्न अनुरोध छ ।

प्रतिक्रिया