
एजेन्सी । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । शनिबार त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको स्वास्थ्य विभागले घोषणा गरेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८ सय १३ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यो सहित संक्रमितहरुको संख्या १ लाख ४८ हजार ३ सय ७७ पुगेको जनाइएको छ ।















