विपद कोषमा सहयोग

विपद व्यवस्थापन कोष खजुरामा खजुराका व्यापारी विमल हार्डवेयरका प्रो गोपाल तिवारीले सहयोग गरेका छन् ।

उनले पालिकामा पुगेर प्रमुख किस्मत कुमार कक्षपतिलाइ १० हजार १०१ रुपैयाँँ हस्तान्तरण गरेका हुन् ।

कोरोना विरुद्ध सहयोग पुर्याउनु उदेश्यले सो रकम प्रदान गरिएको उनले बताए ।

पालिकाले यसरी विपद कोषमा सहयोग गर्ने तिवारी पहिलो व्यक्ति भएको बाताउँदै व्यवसायीलाइ सहयोगी हात अगाडि बढाउन आग्रह गरिएको खजुरा गाउँपालिका सूचना अधिकृत दिल बहादुर पौडेलले बताए ।

प्रतिक्रिया